काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टेभीर कुरिनटार नजिकै बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्गमा यातायात आवागमन दुईतर्फी अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब ६. ३० बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरो हटाउन मेशिन उपकरण परिचालन भइसकेको नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डले जनाएको छ । पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको ईञ्जिनियर सचिन्द्र मिश्रले बताए । सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।
