काठमाण्डौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) क्रिकेट अन्तर्गत आज ( बिहीबार) दुई वटा खेलहरू हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दुई खेलहरू हुन लागेका हुन्।
आज मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्दै छन्। यस्तै, अपरान्ह साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजले खेल्ने छन्।
