काठमाण्डौं । वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।
आइतबार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक–फरक फैसला किन भन्दै प्रश्न उठाएका हुन्।
प्रदर्शनकारीहरूले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पत्तिको हक संरक्षण गर्न, लालपुर्जाधारी नागरिकलाई उचित क्षतिपूर्ति दिन तथा आवास र सम्पत्तिको अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन्। उनीहरूले वीरगञ्जवासीप्रति विभेदकारी नीति बन्द गर्नसमेत आग्रह गरेका छन्।
