काठमाण्डौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको छ। वर्षा सुरु भएलगत्तै मैदानका कर्मचारीहरूले सम्भावित क्षति रोक्न मुख्य पिच र आउटफिल्डलाई कभरले ढाकेका छन्।
नेपाल प्रिमियर लिग ९एनपीएल० चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ । दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो । अहिले काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्सबीच खेल जारी छ । खेल सकिन केही समय बाँकी रहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।
अहिले रंगशालामा खेल हेर्न पुगेका दर्शकहरू वर्षा रोकिने प्रतीक्षामा छन्। मौसममा सुधार आएर कभर हटाइएपछि अम्पायरहरूले मैदानको अवस्था निरीक्षण गर्नेछन्।
