काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग( एनपीएल ) को विजेताले डेढ करोड पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) ले पत्रकार सम्मेलन मार्फत पुरस्कार राशीको घोषणा गरेको हो ।
यस्तै, उपविजेताले ८० लाख प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । चौंथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कार दिइनेछ । उसले ३० लाख प्राप्त गर्नेछ ।
८ टीम सहभागी प्रतियोगिता भोलि सोमबारदेखि सुरु हुँदैछ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।
