नुवाकोट । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन लगाएर एक्रो ब्रिज जडान गरेको छ। प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार नेपाली सेनाले ५ दिनदेखि खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको र शुक्रबारदेखि सवारीसाधन सञ्चालन गरिने सरकारले जनाएको छ। यसअघि भोटेकोसीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीय, व्यापारी तथा यात्रुलाई राहत भएको छ।
