काठमाडौं । सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय घण्टीघरमा सभापती रबि लामिछानेको आवहानमा सचिवालय बैठक बसेको हो ।
बैठकमा भोटेकोशी बाढीले पुर्याएको जनधनको क्षति, उद्धार(राहतलगायतका प्रतिकार्यमा भइरहेका काम साथै भावी योजनाबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।
