काठमाण्डौं । पर्यटनमन्त्री खड्कराज पौडेल ( गनेस ) ले भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मूल्याङ्कन गरिएको बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रारम्भिक क्षतिबारे जानकारी गराउँदै उनले करिब ५० अर्ब बढीको क्षति भएको जानकारी दिएका हुन्।
‘हामीले पर्यटन क्षेत्रको प्रारम्भिक अनुमान अनुसार ५० अर्बभन्दा बढी क्षति भएको मूल्याङ्कन गरेका छौँ’, मन्त्री पौडेलले भने। उनले बाढीमा १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट, १४१ वटा पर्यटन व्यवसायसँग सम्बन्धित सवारी साधन, २७ वटा सम्पदा, लाङटाङ, गोसाईंकुण्ड, पार्वती कुण्ड, नाचेली जस्ता प्रमुख पदमार्गमा क्षति पुगेको जानकारी दिए।
यस्तै, उनले सबै व्यवसायीहरूलाई क्षतिको प्रतिवेदन पेस गर्न भनिएको जानकारी दिए। प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने बताउँदै उनले पार्क तथा मूर्तिहरू बनाउनेबारे सोचिरहेको बताए।
