सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन् ।
टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् ।
नेकपासँग भएको भागवन्डाअनुसार एमालेले तीन मन्त्रालय पाएको थियो । एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपाले पाएका तीन मन्त्रालयमा भने मन्त्री छनोट गरिसकेको छैन ।
