काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लहडमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन् । इतरपक्षको भेलालाई सम्बोधन गर्दै आधिकारिकता दिने निर्वाचन आयोगका आयुक्तको भूमिकामाथि प्रश्न उठाए। उनले सर्वोच्चबाट निस्सा पाएपछि न्याय पाउने विश्वास बढेको बताए। उनले गगनलाई सभापति भन्न मनै नलागेको बताए।
उनले भने, ‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिन सकिएको छैन। अराजक ढङ्गबाट गरिएको छ। व्यक्तिगत पूर्वाग्रह होइन। विधान विपरीत छ।’ उनले गल्ती सच्याएर अघि बढ्नको लागि सुझाव दिएका छन् ।यसअघि राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पनि सिटौलाले निर्वाचन आयोगको निर्णयप्रति प्रश्न उठाएका थिए। “गगनजीहरू जानुभयो, सभापति भएँ भन्नुभयो। यत्ति भनेका आधारमा आयोगले प्रमाणपत्र दिन पर्दैनरु शेरबहादुरलाई सोध्न पर्दैनरु” उनले प्रश्न गरेका थिए।
सिटौलाले विशेष महाधिवेशन र त्यसबाट भएका निर्णयलाई लिएर देखिएको विवाद कानुनी प्रक्रियाबाट समाधान हुने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतबाट निस्सा प्राप्त भएपछि न्याय पाउने विश्वास बढेको उनको भनाइ थियो।
उनले पार्टीभित्र देखिएको विवादलाई थप जटिल बनाउनेभन्दा भएका गल्ती सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसलाई विधि, विधान र प्रक्रियाअनुसार अघि बढाउन नेतृत्व र कार्यकर्ताले आत्मसमीक्षा गर्दै विवाद समाधानको बाटो खोज्नुपर्ने उनको सुझाव थियो।
