काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई नै १५ औँ महाधिवेशन गर्ने अधिकार भएको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने अधिकार नै नभएको बताए।
पार्टीको आधिकारिक सभापति देउवा नै भएको जिकिर गरे। उनले भने, ‘१४ औँ महाधिवेशनको कार्यसमितिले नै १५ औँ महाधिवेशन गर्ने हो। अराजक, अवैध रूपमा कब्जा गरेर आएको कमिटीलाई १५ औँ महाधिवेशन गर्ने अधिकार विधानले दिएको छैन।’ उनले महाधिवेशन निष्पक्ष बनाउनको लागि भेलाले मार्ग तय गर्ने बताए।
