जनकपुर । गृहमन्त्री सुदन गुरुङ आज जनकपुर आइपुगेका छन्। आन्दोलनरत पक्षसँग वार्ताका लागि उनी जनकपुर आइपुगेका हुन्। जिल्ला प्रशासन कार्यालय धनुषाको सभाहलमा हिन्दु युवाको संगठन हिन्दु सम्राट सेनाका सदस्यहरू र गृहमन्त्रीबीच वर्ता हुन लागेका हो।
प्रमुख जिल्ला अधिकारको अगुवाइमा आज जनकपुरमा सद्भाव र्याली निकालिएको थियो। हिन्दु संघसंस्थाका युवाहरूले विरोध जनाएका थिए।
उनीहरूले आफूहरूलाई बाहिर राखेर कुनै पनि सद्भाव र्याली नमान्ने बताएपछि आज सिरहाबाट गृहमन्त्री गुरुङ जनकपुर आइपुगेको हुन्।
