काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै डा। शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी दिएको छ ।
त्यस्तै, मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।
