काठमाण्डौं । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरी घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने बताएकी छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै यादवले यत्रो घटना हुँदा गृहमन्त्री भने हराएको भन्दै प्रश्न गरिन्। सुनसरीमा यत्रो घटना घट्दा गृहमन्त्रीजी कता हराउनुभोरु,’ उनले भनिन्, ‘सरकार सुरक्षाकर्मीको दोष देखाएर उम्किन खोज्दैछ। सुरक्षाकर्मी राज्यको आदेश, नीति र कमाण्ड अनुसार परिचालित हुन्छन्। सुरक्षाकर्मीबाट त्रुटि भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’
नेपाली कांग्रेसले कुनै पनि किसिमको हिंसा, धार्मिक र सामुदायिक द्वेषमा राजनीति नगर्ने तर सरकारले लापरबाही गरे मौन पनि नबस्ने उनले बताइन्। उनले सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहतालाई हार्दिक श्रद्धान्जली दिँदै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेर आफ्नो मन्तव्य सुरू गरेकी थिइन्।
सुनसरी घटना दुस्खद् मात्र नभएर यसले राज्यको सुरक्षा व्यवस्था, प्रशासनिक तयारी र सरकारको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउने घटना भएको उनले बताएकी छन्। नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि समान्य विषय हुन नसक्ने धारणा पनि उनले व्यक्त गरिन्। प्रधानमन्त्री बालेन शाहले पहिलाका सरकारहरूलाई यस्तै खाले घटनामा गर्ने आलोचना सम्झिइन्।
‘हिजोका दिनमा यस्तै घटना हुँदा प्रधानमन्त्री ज्यूले सरकारलाई नैतिकरूपमा असफल भएको घोषणा गर्दै कडा आलोचना गर्नुहुन्थ्यो। आज तपाईं आफै सरकारको नेतृत्वमा हुनुहुन्छ के हिजो अरूका लागि प्रयोग भएको नैतिकताको मापदण्ड आज प्रधानमन्त्रिमा लागु हुँदैनरु कि त्यो सत्तामा जाने हतियारमात्र थियोरु’ उनले भनिन्।
प्रधानमन्त्रीले सुनसरी घटनाबारे फेसबुकमा एउटा संवेदना स्टाटस लेखेर पुरा नहुने पनि बताइन्। ‘के उहाँको जिम्मेवारी फेसबुक स्टाटस लेखेर पूरा हुन्छरु मेरो प्रश्न छ, सरकारको जिम्मेवारी घटना हुनै नदिनु, सुरक्षा सुनिश्चित गर्नु र राज्य संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गर्नु हो,’ उनले भनिन्।
