काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन बिपक्षी दलले सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सुनसरी घटनालाई लिएर गृहमन्त्रीको कडा आलोचना गरे । सदनमा विशेष समय लिएर बोल्दै उनिहरुले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको बताए ।
सो घटनामा ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ घाइते भएको भन्दै उनले यस्तो संवेदनशील घडीमा पनि सरकार गम्भीर नभएको आरोप लगाए । गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ,’ शर्माले प्रश्न गर्दै भने, ‘उहाँ सार्वजनिक रूपमा भन्दै हिँड्नुहुन्छ– कसैलाई यो गृह मन्त्रालय चाहिएको छ भने लैजाऊ । के नेतृत्व भनेको जिम्मेवारीबाट भाग्ने हो रु राज्य अभिभावक बन्नुपर्छ कि पर्दैन रु’
सांसद शर्माले प्रधानमन्त्रीको मौनतामाथि पनि प्रश्न उठाए । ‘यत्रो ठुलो घटना हुँदा पनि प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न सदनलाई जानकारी छ न देशलाई,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा राज्य संवेदनशील हुनुपर्छ भन्नुहुन्थ्यो, तर आज आफ्नै कार्यकालमा भएको घटनामा उहाँहरू मौन हुनुहुन्छ ।’
