काठमाडौँ । व्यवसायी शंकर अग्रवाललाई पक्राउ परेका छन् । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
अग्रवाललाई प्रहरीले बुधबार नै उच्च अदालत पाटनमा थुनछेक प्रयोजनका लागि उपस्थित गराएको छ। उक्त मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।
