काठमाण्डौं । प्रतिनिधि सभा बैठक साउन १४ गते सम्मका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख डिपी अर्यालले बैठक साउन १४ गतेसम्म स्थगित भएको बताएका हुन्।
‘संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभाको अर्को बैठक सम्वत् २०८३ साल साउन १४ गते बिहीबार बिहान ११।०० बजे बस्ने गरी यो बैठक यही स्थगित हुन्छ,’ बैठकमा उनले भनेका छन्।