काठमाडौं । फिफा बिश्वकप २०२६ मा स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। विश्वकपको सेमिफाइनलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।
त्यसपछि ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समयमा फ्रान्सले पुनरागमन गर्न नसक्दा स्पेन २–० को सहज जितसहित उपाधि नजिक पुगेको हो। स्पेनले खेलको २२औँ मिनेटमा पेनाल्टी गोलमार्फत पहिलो गोल गरेको थियो। फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो।
स्पेनका पेड्रो पोरोले खेलको ५८ औँ मिनेटमा अर्को गोल गरे। फ्रान्स गोलविहीन हुँदा स्पेन २–० ले विजयी भयो। यो हारसँगै जारी विश्वकपको बलियो दाबेदार मानिएको फ्रान्स सेमिफाइनलबाटै बाहिरिएको छ भने सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको छ। यो हारसँगै २ पटकको विश्व विजेता फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित भएको छ। अब स्पेनले विश्वकपको उपाधिका लागि फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
