काठमाण्डौं । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । बैठकमा बिभिन्न राजनीतिक दलका सांसदहरुले आ–आफ्नो धारणा राखीरहेका छन् । त्यस क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुका बिचमा जुहारी चलीरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले ‘श्री ८’ को संज्ञा दिएपछि रास्वपाका सांसद शिवजी यादवले आपत्ति जनाएका छन्।
निश्कलले सरकारले श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको आरोप लगाएका थिए। ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ’, निश्कलले भन,‘यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ।’
निश्कल राईको यस्तो अभिव्यक्तिमा रास्वपाका सांसद यादवले नियमापत्ति गरेका हुन्। सांसद राईको भाषा संविधानले नस्विकार्ने भन्दै उनले रेकर्डबाट हटाउन माग गरेका छन् ।
