काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट नहुँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार इन्टरनेट बिग्रिँदा अहिले प्रतिनिधिसभा बैठक लाइभ भइरहेको छैन । ‘बिहानैदेखि इन्टरनेट बिग्रिँको कारण अहिले प्राविधिकहरू बनाउन लागिरहेको उनले बताए ।
