काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उनी आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ । साथै आइतबार साँझ प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुई देशबीचका विविध विषय एवम् आपसी हितका मुद्दाहरुमा कुराकानी भएको थियो ।
