काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुईतर्फी बहस सकिएपछि विभागलाई थुना अनुमति दिएको हो । सरकारी वकीलले भने इजला समक्ष २० दिन थुना म्याद माग गरेका थिए ।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै सोमबार (असार ८) सुर्खेतबाट पक्राउ गर्दै काठमाडौं ल्याइएको थियो ।
