चितवन । पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र ९बालेन० शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्।
महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। ३ दिनसम्म चल्ने महाधिबेशनको उद्घाटनसत्रमा बिभिन्न राजनीतिक दलका नेताहरुको सम्बोधनको कार्यक्तम रहेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली,नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन,जनतम पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।
