काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू हुनासाथ प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । सबै प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने पर्चासमेत देखाइरहेका छन् ।
साम्पाङ यसअघिका दुई बैठकमा अनुपस्थित थिए । उनी नआएको बैठकमा प्रधानमन्त्री आएर विवादास्पद अभिव्यक्ति दिएर गए । साम्पाङ आज संसद फर्किँदा पुरानै शैलीको विरोधलाई निरन्तरता दिएका हुन् । १ बजे शुरु हुने भनिएको संसद बैठक दुईघण्टा ढिलोगरि शुरु भएको हो । बैठकमा बिपक्षी दलका सांसदहरुले आ–आफ्नो धारणा राखीरहेका छन् ।
