काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र साहको निर्णय गैरजिम्मेवार भएको टिप्पणी गरेको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैरजिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो।
अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैरजिम्मेवार र उत्तरदायित्व वोधको कमीका रुपमा पार्टी संसदीय दलका लिएको प्रमुख सचेतक बासना थापाले बताइन्। त्यसैगरी बैठकमा सरकारले जेठ १५ गते ल्याउने आगामी आर्थिक वर्षको बजेट लगायत संसदमा पार्टीको भूमिका र आगामी रणनीतिको विषयमा पनि छलफल गरिएको थियो।
बजेटलाई कसरी अघि बढाउने भन्ने एजेण्डामा केन्द्रित रहेर पनि छलफल गरिएको उनले बताए। बैठकमा सांसदहरूले सरकारले ल्याएको बजेट हेरेर धारणा बनाउनुपर्ने धारणा राखेका थिए।
