काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० सम्बन्धी जानकारी राष्ट्रपति पौडेललाई गराएका हुन्।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/ ८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।
अर्थमन्त्री डा। वाग्लेले शुक्रबार ( जेठ १५ गते ) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको जनाएको छ।
