काठमाडौँ । मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ५ मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएसँगै १२ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको हो।
नेपाली कांग्रेसबाट नागेन्द्र शाह स्वास्थ्यमन्त्री बनेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट युवराज भट्टराई अर्थमन्त्री बनेका छन्। त्यस्तै नेकपा एमालेबाट मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्री बन्दा शारदा थापा श्रम तथा यातायात मन्त्री बनेकी छन्।
मोहम्मद समिर भौतिक पूर्वाधार बिकास मन्त्री बनेका छन्। मन्त्रालय बाँडफाँटलाई लिएर सहमती नहुन सकेपछि हिजो मात्रै एमालेका मन्त्रीहरु सपथ नलिई फर्किएका थिए । यस अघि जसपा, जनमत पार्टी र नेपाली काँग्रेसको सत्ता गठबन्धन रहेकोमा जेठ ८ गते मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बिश्वासको मतलिएसँगै मधेशमा एमाले काँग्रेस र नेकपाको सत्ता समिकरण भएको हो ।
