काठमाडौँ । सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी ) प्रमुख एआईजी डा. मनोज केसीलेले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
यो बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको थियो । अनुसन्धानको माग गर्दै चार्टर्ड एकाउण्टेण्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मुद्दाको अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण जारी गर्ने कार्यमा प्राइम बैंकको पनि मिलेमतो देखिएको सिआईबीस्रोतले जनाएको छ ।
