काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन अध्यादेश पेस गरेकी छन् ।
प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद ( दोस्रो संशोधन ) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् ( काम, कर्तव्य, अधिकार र कार्यविधि) ( पहिलो संशोधन ) अध्यादेश पेस गरेकी हुन् ।
तीन अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेर सेवा प्रवाहमा सहज हुने सरकारको अपेक्षा छ ।
