काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
सोमबारका दिउँसो २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । आज मात्रै सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
