काठमाण्डौ. । सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा बनाएका अनधिकृत संरचना र बस्ती हटाउने कामलाई आज ( आइतबार ) पनि निरन्तरता दिएको छ। शनिबार हटाउन बाँकी रहेका क्षेत्रमा बस्ती हटाउने भएको हो। हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका छन् । यस कार्यमा नेपाल प्रहरीले पनि सघाइरहेको छ ।
यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । काठमाडौंको थापाथली तथा गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउने काम सकिएको छ। त्यस्तै शनिबार बेलुका भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा बस्तीमा रहेका केहीले ढुङ्गामुढा गरेपछि काम रोकिएको थियो।
त्यस क्रममा २२ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन्। ढुंगामुढाबाट घाइते भएका सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारैतिरबाट ढुंगामुढा प्रहार हुन थालेपछि सशस्त्र प्रहरी बल ९एपीएफ० र नेपाल प्रहरीको टोलीले भवन भत्काउने कार्य रोकेर शनिबारका लागि अभियान स्थगित गरेको थियो। घर टहरा हटाउन सुरु गर्नुअघि नै मनोहरा बस्तीमा रहेका झण्डै ८० प्रतिशत नागरिकले दिउँसो नै सरसामान अन्तै लगिसकेका थिए।
