काठमाडौं । सरकारको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन स्थगित गरेका छन् । शीतल निवासको विज्ञप्तिमा ‘विशेष कारणवश’ भनिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को बुधबारको सिफारिस बमोजिम १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका थिए । तर, आज अर्को पत्र पठाएर उक्त अधिवेशन रोक्न भनिएको छ ।
पत्रमा नयाँ मितिबारे केही खुलाइएको थिएन । यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । आजको मन्त्रिपरिषद् बैठको सिफारिस बमोजिम अधिवेशन स्थगित गरिएको हो ।
