काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य ९सरचार्ज० समायोजन गरेर नयाँ भाडादर कायम गरेको हो । यस अनुसार फ्युल सरचार्ज बापत विभिन्न रुटमा १ हजार ६०० रुपैयाँदेखि ५ हजार ४८० रुपैयाँसम्म भाडा बढेको छ ।
काठमाडौंबाट धनगढीको फ्युल सरचार्जमा ५ हजार ४८० रुपैयाँ वृद्धि गरिएको छ । हवाई इन्धनको मूल्य ९८ प्रतिशतले बढेपछि आन्तरिकमा हवाई उडानको भाडा समेत झण्डै दोब्बरले वृद्धि भएको छ ।
त्यस्तै, सुर्खेतका लागि ४ हजार २८५ रुपैयाँ, नेपालगञ्जका लागि ४ हजार ४५ रुपैयाँ, भद्रपुरका लागि ३ हजार ७२५ रुपैयाँ, भैरहवाको लागि २ हजार ५५५ रुपैयाँ, विराटनगरका लागि २ हजार ९८० रुपैयाँ, पोखराका लागि १ हजार ९७० रुपैयाँ र जनकपुरका लागि १ हजार ६०० रुपैयाँ सरचार्ज निर्धारण गरिएको छ ।
सञ्चालक संघका अनुसार अब काठमाडौंबाट ट्रंक रुटका जहाज चढ्न न्यूनतम ३३ सय ४४ रुपैयाँदेखि देखि अधिकतम २३ हजार ५९ रुपैयाँसम्म लाग्ने भएको छ । काठमाडौं सिमराका लागि न्यूनतम र काठमाडौं धनगढीका लागि अहिले सबैभन्दा धेरै भाडा निर्धारण गरिएको छ ।
