काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केही बेरअघिबाट सुरु भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बालेन नेतृत्वको सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। यसअघि बसेको पहिलो बैठकले शासकीय सुधारको एक सय निर्णय गर्नुको साथै जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
आजको बैठकले पनि केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।
