काठमाण्डौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को चुनाव स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेपछि चैत १३ गते तय गरिएको चुनाव स्थगित भएको हो। एन्फाले निलम्बन गरेको पत्र पाएपछि तत्कालका लागि चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
एन्फाको निर्वाचन समितिका संयोजक रामचन्द्र गौतम, सदस्य सचिव लोकेन्द्र ओली र सदस्य सम्झना घिमिरेले बिहीबार साँझ सूचना जारी गरी चुनाव स्थगित गरिएको जनाएका हुन्।
सूचनामा भनिएको छ, ‘मिति २०८२/ १२ र १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।’
