काठमाण्डौ । काठमाण्डौ तारकेश्वर नगरपालिकाले मंगलवार एक समाराहेकाबिच आफ्नो १८ औ नगरसभा सम्पनन गरेको छ । यस बर्षको अवधीसम्म गरेका कामहरुको समिक्षा सहित नगरसभा नगरकार्यपालिकाको सभाहलमा सम्पन्न भयो ।
पहिचान, अपनत्व र अधिकार, दिगो बिकासको आधार भन्ने तारकेश्वर नगरपालिकाको मूल नारालाई टेकेर धर्म, संस्कृति, रितिरिवाजलाई र धार्मिक परम्परालाई आत्मसाथ गर्दै अघि बढीरहेको तारकेश्वर नगरपालिकाले १८ औ नगरसभा सम्पन्न गरेको छ ।
नगरसभामा स्वागत मन्तब्य ब्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत धर्म राज लम्सालले अहिले यो हिउँदे अबिधेशन र बिधान अबिधेशन भएकाले पालिकाले हालसम्म ५ वटा कानून बनाएर राजपत्रमा प्रकाशित गरीसकेको र थप १० वटा कानून निर्माणको अन्तिम चरणमा पुगेको जानकारी गराए । उनले तारकेश्वर नगरपालिकाले सुशासन कायम गर्न र आर्थिक पारदर्शीता अपनाउनका लागि कार्य गरीरहेको बताए ।
नगरसभामा बोल्दै नगरप्रमुख कृष्ण हरी महर्जनले तारकेश्वर नगरपालिकामा एक घर एक धारा, करको दायरा बढाउने दर घटाउने, गुणस्तरीय सार्वजनिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्यका लागि निरन्तर रुपमा पहल गरीरहेको बताए । उनले नगरपालिकाले यस बर्षको फागुनसम्ममा संघिय तर्फको अनुमानित आय ७१ करोठ ७९ लाख भएकोमा बास्तवीक आय ३४ करोड ७८ लाख ९८ हजार रुपैया भएको बताए । जुन ४८ दशमलव ४६ प्रतिसत प्रगती हासील गर्न तारकेश्वर सफल भएको छ । त्यस्तै प्रदेश तर्फ ७ करोड ७२ लाख रहेकोमा ५ करोड २ण् लाखको लक्ष्य हासील गरीसकेको छ । जुन ६७ दशमलव ३३ प्रतिसत हुन जान्छ ।
त्यसै गरी यस अवधिमा ६६ दशमलव ६८ प्रतिसत आन्तरीक आम्दानी गर्न पालिका सफल भएको फेरिस्त नगरसभामा पालिका प्रमुख महर्जनले प्रस्तुत गरे । तारकेश्वर नगरपालिका यस अवधिमा शिक्षा, स्वास्थ्य, कृषी, खेलकुद, डिजिटल बोर्ड स्थापना, यस अवधिमा १५२ वटा सडक बत्ति जडान गरीसकेको बताए । त्यसरी नै यस अवधिमा पूर्वाधार तर्फ ३३ वटा ठेक्का भई काम अघि बढीरहेको बताए । त्यसरी नै हाईमास्ट लाईट जडान, जेष्ठ नागरीक बिद्यालय भवन निर्माण लगायतका कामहरु को बारेमा नगरसभामा जानकारी गराउनु भयो । १८ औ नगरसभामा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु, कर्मचारीहरु ,नगर प्रहरी लगायत संचारकर्मीह्रुको समेत उपस्थिती रहेको थियो ।
