काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ुसाम्बाुको घुँडाको शल्यक्रिया भएको छ । बुधबार ९चैत ११० बिहान डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्।
खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनको भनाइ छ । लामो प्रतिक्षापछि अन्ततस् मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु, सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् ।
अब त्यहाँकै डाक्टरको निगरानीमा पुनर्स्थापनाको काम भोलिदेखि शुरू हुने उनले जानकारी दिइन् । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनको भनाइ छ । ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टकै निगरानीमा मेरो रिह्याबको काम भोलिदेखि शुरू हुनेछ,’ उनले लेखेकी छन्।
