जनकपुर । तराईमा आज ९बुधबार० बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व समापन गरिएको छ। आज बिहान नजिकका जलाशयमा भेला भई व्रतालुहरूले अँजुलीभरि जल र प्रसाद लिएर सूर्यलाई अर्पण गरेका हुन्।
गत आइतबार चैत शुक्ल चतुर्थीका दिन नहाय(खाय गरेर सुरु भएको यो पर्व चार दिनसम्म मनाइएको हो। छठका अवसरमा काठमाण्डौ उपत्यका लगायत तराई मधेशका २२ जिल्ला तथा देशैभर बिहान उदाउँदो सूर्यलाई अर्ध दिएर चैती छठ पर्व मनाईएको छ ।
मंगलबार षष्ठी तिथिका दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसी साँझपख अस्ताउँदो सूर्यलाई ‘सँझिया अरघ’ अर्पण गरेका थिए। पछिल्लो समय देशैभर चैती छठ पर्व मनाउन थालिएको छ । बिशेष गरी तराई मधेशका ब्रतालुहरुले चैती छठ पर्व मनाउने गरेका छन् ।
