काठमाण्डौं । जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरूले काठमाण्डौको माईतीघरमा प्रदर्शन गरेका छन्। युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ? ’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।
सोमबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। जेनजी अलायन्स मुभमेन्ट, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले संयुक्त रुपमा प्रदर्शन गरेको हो। जेनजी आन्दोलनको छानबिन गर्न सरकारले गौरबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले फागुन २४ गते छानबिन प्रतिवेदन बुझाएको थियो। सरकारले छानबिन प्रतिवेदन सार्वजनिक नगरेपछि जेनजी आगुवा प्रदर्नमा उत्रिएका हुन्।
