काठमाण्डौं । यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा ( थ्रेसहोल्ड ) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।
समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।
थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ( जसपा ) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया ९जाँतो० राष्ट्रिय मुक्ति पार्टी नेपालरजनता समाजवादी पार्टीरनागरिक उन्मुक्ति पार्टी, नेपाल० ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस ९नेपाल संघीय समाजवादी पार्टीरबहुजन एकता पार्टी नेपालरनेपा जनजागृति पार्टी० ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल ९आम जनता पार्टीरजनादेश पार्टी नेपाल० ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
