काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० सँग टेलिफोन वार्ता गर्दै उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्।
प्रधानमन्त्री मोदीले रास्वपाको चुनावी सफलतालाई उल्लेख गर्दै उक्त विजयलाई महत्वपूर्ण उपलब्धि बताएका छन्। साथै, उनले वार्ताका क्रममा लामिछाने र शाहलाई आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको समृद्धि, प्रगति र जनताको हितका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
यस्तै, उनले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको पनि व्यक्त गरेका छन्। मोदीले फेशबुकमार्फत लामिछाने र शाहसँग फोन सम्वाद गरेको जानकारी दिएका हुन् ।
उनले फेशबुकमा लेखेका छन्
