काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ ।
९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो ।
यो संख्या गणना भइसकेको कूल सदर मतको ३।१९ प्रतिशत हो । प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
