झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इसाई समाजले ९ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ। आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहेका ओलीलाई समाजका अगुवाहरूले भेट गरी धर्मनिरपेक्ष मुलुकमा सबै धर्म र आस्थाहरूलाई समान व्यवहार गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै माग पत्र बुझाएका हुन्।
समाजका नगर अध्यक्ष हेमन्त सुब्बा, सल्लाहकार आकाश थुलुङसहितका अगुवाहरूले ओलीलाई भेट गरी मृत्युपछिको संस्कारका लागि समाधीस्थलको व्यवस्था, इसाईका मुख्य पर्वलाई राष्ट्रिय पर्व तथा बिदामा समावेश गर्नेलगायतका विषयको माग पत्र बुझाएका हुन्।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं। ५ का उम्मेदवार रहेका ओली हाल आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका छन्।
