रुपन्देही । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । गाउँ–गाउँमा राजनितिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ का स्थानीय युवा पवन ज्ञवालीले युवा अहिले गाउँमा निकै नै कम भएको बताए ।
युवा उद्यमी समेत रहेका ज्ञवालीले यहाँका युवाहरु १२ कक्षा पास भईसकेपछि युरोप, अमेरीका, जापान, क्यानडा, अष्ट्रेलिया जाने भएकाले पनि युवाहरु गाउँबस्तीमा निकै कम भएको ज्ञवालीले बताए । उनले भने, “यहाँका युवा खेतीपातीको याम र चाडपर्वको बेलामा गाउँमा आउँछन्, अन्य बेलामा रोजगारीका लागि देश बाहिर जाने गरेको पवनको भनाई छ । उनले गाउँमा निर्वाचनको रौनक बढेपनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरे ।
सैनामैना नगरपालिकाकै स्थानीयबासिन्दा ५६ बर्षिय राम प्रसाद ज्ञवालीले पनि अहिले गाउँमा युवा मतदाता कम नै रहेको बताए। उनले राजनीति भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरु विदेशिन बाध्य भएको बताए । देशमा स्वरोजगार सम्बन्धि कार्यक्रम सञ्चालन गरिए पनि युवाहरु गाउँमा नबस्ने गरेको बताए । रुपन्देही मात्रै होइन, देशैभरका अधिकांश युवा रोजगारीका लागि बिदेश जाने गर्दछन् । पछिल्लो समय भने भारत बाहेकका मुलकमा समेत रोजगारीका लागि युवाहरु जान थालेका छन् ।
