काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटमा केन्द्रित भएका छन्। हिजो झापा पुगेका ओली अहिले झापाली जनतासँग भेटघाटमा छन्। ओली फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका छन्। ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा छन्। त्यसैले पनि ओलीले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन्। हिजो झापा पुगेका ओलीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेता रञ्जित तामाङलाई नाती पुस्ताको संज्ञा दिएका छन् । चुनावी अभियानका लागि झापा पुगेका ओलीले बालेन र रञ्जित आफूसँग राजनीति सिक्न आएको बताए । उनले यसलाई नराम्रो मान्नुपर्ने कारण नरहेको बताए ।
नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको उनको टिप्पणी छ । ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु । खुसी लाग्छ। नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र रु’ प्रश्न गर्दै ओलीले भने । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन् । उनको प्रतिस्पर्धीको रुपमा बालेन र रञ्जित तामाङलाई पनि हेरिएको छ । बालेन र रञ्जित दुवै युवा पुस्ताको प्रतिनिधि हुन् ।
