काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारी गरी २१ वटा स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै अहिलेसम्म ५ वटाको जवाफ आएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता अनुगमन समितिका प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि राजनीतिक दल, उम्मेदवार र संस्थाहरूले गरी २१ वटा स्पष्टीकरण सोधिएकामा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफको लागि ताकेका भइरहेको जानकारी गराइन्छ ।’
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भइसकेको उल्लेख छ।
