काठमाडौँ । मगर समुदायले बिहीबार माघे सङ्क्रान्ति पर्व मनाएका छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ( माघे ) सङ्क्रान्ति भनिन्छ ।
यस अवसरमा सो समुदायले काठमाडौँमा झाँकीसहितको र्यालीको आयोजना गरेको छ ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।
यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
तस्बिर–फोटो लाइब्रेरी
