काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न दलका नेताहरु पनि सहभागी भएका छन् । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरूले स्वागत गरे ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ लगायत विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवा लगायतको उपस्थिति थियो ।शीर्ष दलका नेताहरूलाई पनि निम्ता गरेको थियो। राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान समारोह गर्दै आएको छ।
राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पौष २७ गते उनको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ। राप्रपाले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्था आवश्यक रहेको जिकिर गर्दै आएको छ।आजै भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएकाले चियापान कार्यक्रम केही प्रभावित भएको छ।
