काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अध्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्तावेज पनि आयोगमा बुझाएका छन्। उनले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाएका हुन्।
