काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
“बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण समारोह गर्ने निश्चित भएको छ”, सापकोटाले भने। पुस २९ गतेसम्म सङ्गठनात्मक संरचना गठन गरिसक्ने निर्णय भएको उनले जानकारी दिए।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रवासी सङ्गठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारतको नयाँदिल्ली गएका जानकारी दिँदै नेता सापकोटाले भारत भ्रमणका क्रममा त्यहाँका व्यक्ति व्यक्तित्वसँग छलफल हुनु स्वभाविक भएको बताए।
